मन्त्री आलेले टीकापुर विमानस्थल सञ्चालनमा ल्याएरै छाड्ने बताए। “विमानस्थलको अध्ययन समितिले सर्वे गरेको छ। अध्ययन समितिको प्रतिवेदनका आधारमा पुरानै विमानस्थल सञ्चालनमा ल्याउने वा अन्य क्षेत्रमा नयाँ विमानस्थलका लागि संरचना तयार गर्ने भन्ने कुरा प्रतिवेदन आइसकेपछि थाहा हुन्छ”, उनले भने, “चालु आर्थिक वर्षमै विमानस्थल निर्माणको काम सुरु हुन्छ। त्यसलाई बहुवर्षीय आयोजनाका रुपमा राखेर काम गर्न सकिन्छ।” उनले पर्यटन क्षेत्रसँग जोडिएकाले पनि टीकापुरमा विमानस्थल अपरिहार्य रहेको बताए।