+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महाकाली नदीमा खसेका युवक बेपत्ता

अत्रिदेव खबर
२०७८ आश्विन ३, आईतबार

अत्रिदेव खबर\३असोज
दार्चुला– महाकाली नदीमा खसेरका एक युवक बेपत्ता भएका छन्। बैतडीस्थित महाकाली नदीमा बगेर दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ३ का २७ वर्षीय टीकाराम टमाटा बेपत्ता भएका हुन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार बैतडीको झुलाघाटबाट सेरा हुँदै लेकम आउने क्रममा झुलाघाट र सेराको बीचमा बाटोबाट लडेर उनी बेपत्ता भएका हुन्।

‘भारतको झुलाघाटबाट सामान किनेर एक्लै घर फर्किरहेका उनी साँघुरो बाटो भएका कारण लडेर महाकालीमा बेपत्ता भएको हुनसक्ने अनुमान छ,’ खड्काले भने, ‘बेपत्ता भएका युवको खोजीकार्य जारी छ।’

२०७८ आश्विन ३, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ आश्विन ३, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ