+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिलगंगा आँखा प्रतिष्ठानमा आजदेखि विस्तारित सेवा सुरु

अत्रिदेव खबर
२०७८ भाद्र १६, बुधबार

तिलगंगा आँखा प्रतिष्ठानले आजदेखि विस्तारित सेवा प्रारम्भ गर्ने भएको छ। सेवाग्राहीको चापलाई व्यवस्थित गर्न र सहजरूपमा सेवा प्रदान गर्न हाल बिहान ८ देखि दिउँसो साढे ३ बजेसम्म सेवा प्रदान गरिरहेको प्रतिष्ठानले आजदेखि साँझ साढे ६ बजेसम्म आँखा सेवा स्वास्थ्य प्रदान गर्ने भएको हो।

कार्यालय समयभित्र आँखा उपचारका लागि समय मिलाउन अप्ठ्यारो भएका र व्यस्तताका कारणले बिहान तथा दिउँसो उपचार सेवा लिन नसक्नेहरुलाई मध्यनजर गर्दै विस्तारित सेवा सुरु गर्न लागिएको अस्पतालले जनाएको छ।

अबदेखि नियमित सेवा र प्रिमियम सेवा लिन चाहने सेवाग्राहीहरुले बिहान ८ देखि दिउँसो २ बजेसम्म नाम र विस्तारित सेवा लिन चाहने सेवाग्राहीले दिउँसो ३ देखि साँझ ६ बजेसम्म नाम दर्ता गरी सेवा लिन सक्ने प्रतिष्ठानले जनाएको छ। प्रतिष्ठानमा विस्तारित सेवा तथा प्रिमियम सेवामा साधारण आँखा समस्यालगायत आँखाका विभिन्न विधामा उपचार सेवा उपलब्ध हुनेछ।

२०७८ भाद्र १६, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र १६, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ