+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गौरिगंगा नगरपालिकाको सार्बजनिक सुनुवाइ सम्पन्न

Bhojpur paani
अत्रिदेव खबर
२०७८ भाद्र १५, मंगलबार

अत्रीदेव खबर /१५ भदौ :  कैलालीको गौरिगंगा नगरपालिकाले आर्थिक बर्ष २०७७/०७८ मा कार्यसम्पादन गरेका कामहरुको सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ ।

नगरप्रमुख भिम बहादुर देउवाको अध्यक्षतामा सम्पन्न सार्बजनिक सुनुवाइ कार्यक्रममा गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८मा गरेका कामहरुको बारेमा प्रष्ट पारेको थियो । आज सम्पन्न सार्बजनिक सुनुवाइ कार्यक्रममा  पालिकामा रहेका बिभिन्न राजनितिक दल, बुद्धिजिवी, समाजसेवी,पत्रकार, युवा क्लव लगायत सरोकारवाला पक्षको सहभागिता रहेको थियो ।
पालिकाका कानुन अधिकृत जयन्द्र ठकुल्लाले सन्चालन गरेको सार्बजनिक सुनुवाइ कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत खगेन्द्र जोशिले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो भने सहभागी बाट उठेका प्रश्नको जवाफ नगर प्रमुख भिम बहादुर देउवा र उपप्रमुख अन्चला चौधरीले दिनुभएको थियो भने कार्यक्रमको सहजिकरण संचारकर्मी मन्जु भण्डारिले गर्नुभएको थियो ।

२०७८ भाद्र १५, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ भाद्र १५, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर