+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कैलालीमा नाबालकको हत्या उनकै दिदीले गरेको प्रहरीको निस्कर्स

अत्रिदेव खबर
३ साल अगाडी

 अत्रीदेव खबर /२४ असार

धनगढी : कैलालीको टीकापुरमा मृत फेला परेका साढे तीन वर्षीय नाबालक विवेक बिष्टको हत्या आरोपमा प्रहरीले दुई युवतीलाई पक्राउ गरेको छ। उनकै दिदी नाता पर्ने १५ वर्षीया युवती र उनकी साथीलाई प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय टीकापुरमा पत्रकार सम्मेलन गर्दै हत्या आरोपमा दुई युवतीलाई पक्राउ गरिएको जानकारी दिइएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीले प्रारम्भिक अनुसन्धानको क्रममा विवेककी दिदी नाता पर्ने युवतीले हत्या गरेको स्वीकारेको बताए।

‘प्रारम्भिक अनुसन्धानको क्रममा नाबालकको हत्या उनकै दिदीले गरेको देखिएको छ। दिदी नाता पर्ने युवतीले जमरा कुलोमा धक्का दिएर विवेकको हत्या गरेको स्वीकारेकी छिन्। विवेकले लगाएको बाला ति युवतीको साथीसंग फेला परेकोले उनलाई पनि पक्राउ गरिएको छ।’

प्रहरीका अनुसार ति युवतीले पारिवारिक रिसिबीका कारण हत्याको योजना बनाएकी थिइन्। सोमबार ११ बजेदेखि बेपत्ता भएका बालकको बुधवार जमरा कुलोको किनारमा शव फेला परेको थियो।

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ