+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राउटे युवतीमाथि अश्लिल क्रियाकलाप गर्ने तीनजना विरुद्व किटानी जाहेरी दर्ता

Bhojpur paani
अत्रिदेव खबर
२०७८ जेष्ठ २४, सोमबार

अत्रिदेव खबर/२४ जेठ

काडमाडाैँ ।  राउटे समुदायका युवतीलाई होटलमा अश्लिल क्रियाकलाप गर्ने  तीनजना विरुद्ध जिल्ला प्रहरी कार्यालय सुर्खेतमा​ किटानी जाहेरी दर्ता भएको छ । मानव ओसारपसार, यौन दुर्व्यवहार र जवरजस्ती करणी उद्योगमा मुद्दा चलाउन किटानी जाहेरी परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी डिएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयाे ।

राउटे समुदायका १९ र २३ वर्षकी युवतीलाई  प्रलोभनमा पारी मदिरा सेवन गराएर यौनजन्य दुव्र्यवहार गर्ने गुर्भाकोट नगरपालिकाका ३५ वर्षीय दोमनबहादुर घर्ती, २४ वर्षीय भुपेन्द्र बुढा र २९ वर्षीय बिनोद पुन विरुद्ध जाहेरी परेको हो । तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरू गरिसकेको र उनिहरूले गल्तीसमेत स्वीकार गरिसकेका डिएसपी घर्तीकाले बताउनुभयाे ।

२०७८ जेष्ठ २४, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ जेष्ठ २४, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर