+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बिहान उठेपछी दुई घण्टा सामाजिक संजाल नहेर्नुस

अत्रिदेव खबर
२०७८ जेष्ठ २, आईतबार

अत्रिदेव खबर\२जेठ
कैलाली ः सरकारले कोरोना संक्रमण बढ्दै गइरहेका बेला सामाजिक सञ्जाल धेरै नहेर्न आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले आइतवारको नियमित कोभिड अपडेटका क्रममा यस्तो बताएका हुन्।

’बिहान उठेपछि दुई घण्टा सामाजिक सञ्‍जाल नहेर्नुस्, परिवारका सदस्यहरूसँगै बसेर खाना खानुस्’, गौतमले भने, ’मृत्यु र अभावका मात्रै कुरा नगर्नु, त्यसले दिमागमा असर गर्न सक्छ।’

गौतमले अहिले संकटको समयमा आधा घण्टाभन्दा धेरै एकै ठाउँमा नबस्न पनि भनेका छन्। ’आधा घण्टा बढी एक ठाउँमा नबस्नु, सकेसम्म हावा खेल्न कोठामा बस्नुस्। कोठैमा भए पनि झ्याल ढोका खोलेर मात्रै बस्नु, एक अर्कालाई मद्दत गर्ने बानी बसालौँ।’

२०७८ जेष्ठ २, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७८ जेष्ठ २, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ