+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

७० वर्षीय वृद्धको दामोदर कुण्डमा लेक लागेर मृत्यु

अत्रिदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : मुस्ताङमा रहेको दामोदर कुण्ड पुगेका ७० वर्षीय एक वृद्धको लेक लागेर मृत्यु भएको छ।

लो-घेकर दामोदर कुण्ड गाउँपालिका-४ मा अवस्थित दामोमर कुण्डमा पुगेका नुवाकोटका ७० वर्षीय भोजबहादुर सिटौलाको लेक लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।सिटौला तीर्थयात्राको क्रममा त्यहाँ पुगेका थिए। गएको बुधबारै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीले जानकारी दिए।

मृतकको शव आज हेलिकोप्टरबाट नुवाकोट ल्याउने तयारी भएको परिवारका सदस्यले बताएका छन्।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ