+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विपक्षीको अडान कायमै, संसदको बैठक अनिश्चित

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौँ : संसदको अवरोध खुलाउने विषयमा सभामुख देवराज घिमिरेको पहलमा बसेको बैठक सकिएको छ ।

बैठकमा विपक्षी दलहरुले आफ्नो अडान नछोडेको सभामुखको सचिवालयले जानकारी दिएको छ । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणको छानबिन गर्न आयोग बनाउनुपर्ने मागमा आफ्नो अडान नछोडेपछि संसद बैठक बस्ने बारे अनिश्चितता बढेको छ ।

आज अपराहन्न १ बजेदेखि बैठक बस्ने भनिएको भएपनि विपक्षी दलहरुले आफ्नो अडान नछोडेपछि बैठक अनिश्चित बनेको हो । यसअघि गृहमन्त्री रमेश लेखकको राजीनामाको मागलाई जोडदार रुपमा उठाउदै आएका विपक्षी दलहरुले मंगलबारदेखि भिजिट भिसा प्रकरणको छानबिनमा जोड दिएका छन् । सत्ता पक्ष भनेअहिलेसम्म छानबिन समिति वा आयोग गठन गर्न तयार देखिएको छैन । सत्ता पक्षले अख्तियारले छानबिन गरिरहेकाले अहिले कुनै अन्य छानबिन समितिको आवश्यकता नरहेको बताउदै आएको छ ।

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ