+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

१३औं छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको शुभकामना

‘समतामूलक समाज निर्माणको संकल्प सुदृढ गरौं’ : प्रचण्ड

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १३औं छुवाछुतमुक्त राष्ट्र घोषणा दिवसको अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा शुभकामना व्यक्त गरेका छन्।

उनले २०६८ साल जेठ २ गते (मे १६, २०११) नेपालको संविधानसभाबाट मुलुकलाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको ऐतिहासिक क्षणको स्मरण गर्दै यो घोषणाले दलित समुदायमाथिको सदियौंदेखिको विभेद अन्त्य गर्दै नयाँ युगको थालनी गरेको बताएका छन्। प्रचण्डले यसलाई सामाजिक न्याय, समानता र सम्मानको दिशामा एक ऐतिहासिक फड्कोको रूपमा व्याख्या गरेका छन्।

दलित समुदायको योगदानलाई स्मरण गर्दै, प्रचण्डले वर्तमान सरकार दलित उत्थानको दिशामा पूर्णरूपले असंवेदनशील देखिएको भन्दै असन्तुष्टि पोखेका छन्। उनले संविधानले दिएको अधिकारको पूर्ण कार्यान्वयन र दलित समुदायको समुचित उत्थानका लागि विशेष नीति, कार्यक्रम र सामाजिक अभियान आवश्यक रहेकोमा जोड दिएका छन्। शुभकामनाको अन्त्यमा उनले ‘यो ऐतिहासिक दिवसले हामी सबैमा समतामूलक समाज निर्माणको संकल्प अझ सुदृढ बनाओस्’ भन्ने कामना गरेका छन्।

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ