+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

मानवता भन्दा माथि कुनै जात छैन- प्रधानमन्त्री ओली

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मानवताभन्दा ठूलो अर्को कुनै जात नभएको बताएका छन् ।

जातीय छुवाछूत उन्मूलन दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु पर्ने बताएका हुन् । उनले भनेका छन्- ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन्। नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो । मानवता भन्दा माथि कुनै जात छैन ।

रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ। हामीले जात, थर, वा जन्मले होइन, कर्म, विचार र योगदानले मूल्याङ्कन गरिने समाज बनाउनु छ । समभाव र समानताको विकास गरौं, जातीय छुवाछूत उन्मूलन दिवसको सबैलाई शुभकामना !!’

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ