+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राइड सेयरिङ नियमावली स्थगनपछि यातायात व्यवसायीको आन्दोलन फिर्ता

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौं :  यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेपछि यातायात व्यवसायीहरूले आन्दोलनका कार्यक्रमहरू फिर्ता लिएका हुन् ।

मंगलबार साँझ बसेको बैठकले देशव्यापी आन्दोलनका कार्यक्रम फिर्ता लिने निर्णय भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जानकारी दिएका छन् ।गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएसँगै यातायात व्यवसायी आन्दोलित बनेका थिए। जसका कारण देशभरिका सार्वजनिक यातायात ठप्प भएको थियो ।

प्रधानमन्त्री कार्यालयको पत्रपछि गण्डकी प्रदेश सरकारले एक महिनाका लागि नियमावलीलाई स्थगित गर्ने निर्णय गरेको थियो ।

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ