काठमाडौं : काठमाडौं महानगरपालिकामा नगर प्रहरी प्रमुखको निमित्त जिम्मेवारी एसपी विष्णु जोशीलाई दिइएको छ। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले नगर प्रहरी प्रमुखमा रहेका वरिष्ठ उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बन गरेपछि यो जिम्मेवारी जोशीलाई सुम्पिएको हो।
महानगर स्रोतका अनुसार अर्को निर्णय नभएसम्मका लागि जोशीले निमित्त प्रमुखको जिम्मेवारी सम्हाल्नेछन्। हाल काठमाडौं महानगरको विपद् व्यवस्थापन विभागमा कार्यरत एसपी जोशीले आफूलाई यसबारे अनौपचारिक जानकारी मात्रै आएको बताएका छन्। “म कार्यालयकै कामले अहिले फिल्डतिर छु, मैले पनि सुनेँ तर आधिकारिक जानकारी छैन,” जोशीले भने।
२०८२ जेष्ठ २०, मंगलबार