+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट ९ जना पक्राउ

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौं :  नेपाल प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विदेशी नागरिकसमेत रहेका छन्।

सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन भन्सार एरियाबाट करिब १० किलो ४२० ग्राम गाँजा जस्तो देखिने वस्तुसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा थाइल्याण्डका नागरिक ४३ वर्षीय सोमसक पटचा (७ किलो ३१० ग्राम) र भारतीय नागरिक २९ वर्षीय पेरिएरा गिफिन (३ किलो ११० ग्राम) रहेका छन्। नेपाल एयरलाइन्सको बैंककबाट आएको उडानमा जाँच गर्दा उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरिएको हो। उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको छ।

कैलालीको भजनी नगरपालिका-२ रजवाराबाट सोमबार साँझ ३१० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित सोही नगरपालिका-२ शिबिर बस्ने २२ वर्षीय शंकर चौधरीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। सु.प.प्र.०१-००८ प ४२१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँचका क्रममा नियन्त्रणमा लिइएको हो।यसैगरी, टिकापुर नगरपालिका-१ ब्लक नम्बर ११ ड्राईभरटोलबाट पनि सोमबार साँझ ११० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३३ वर्षीय आशिष कोराल पक्राउ परेका छन्।

बाँकेको नेपालगन्ज उपमहानगरपालिका-१५ जमुनाहबाट सोमबार दिउँसो ४ ग्राम ७७० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित जानकी गाउँपालिका-५ बस्ने २५ वर्षीय रियाजुदिन हलुवाई पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई लागूऔषधसहित नियन्त्रणमा लिइएको हो।

झापाको अर्जुनधारा नगरपालिका-६ कप्तानबारीबाट सोमबार राति ३०० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-६ बस्ने ३५ वर्षीय राम बहादुर दनुवार र मेचीनगर नगरपालिका-३ दोकान डाँडा बस्ने ३२ वर्षीय अनिल दनुवार रहेका छन्। राम बहादुरको घरमा खानतलासी गर्दा उक्त पदार्थ फेला परेको थियो।

मोरङको उर्लाबारी नगरपालिका-१ हिलेडाँगी बस्ने ३१ वर्षीय सनम माझीलाई सोमबार राति नियन्त्रित लागूऔषध ट्रामाडोल ७०० ट्याब्लेट र नगद २ हजार १०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला परेको थियो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ