+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौँमा राजावादी प्रदर्शन जारी: राजसंस्था पुनर्स्थापनाको माग

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौँ :  राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादी दल र समूहहरूले काठमाडौँमा प्रदर्शनलाई निरन्तरता दिएका छन्। यसै क्रममा नवराज सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले मंगलबार काठमाडौँको सिफलमा राजसंस्थाको पक्षमा प्रदर्शन गरेको छ। यस प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापा पनि सहभागी भएका छन्।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सिफल, बल्खु र कोटेश्वरबाहेकका क्षेत्रमा कुनै पनि किसिमको प्रदर्शन गर्न रोक लगाएपछि सुवेदी नेतृत्वको राजावादी समूहले सिफललाई प्रदर्शन स्थल बनाएको हो। राजावादीहरूले वर्तमान व्यवस्था खारेज नभएसम्म र राजसंस्था पुनर्स्थापना नभएसम्म आफ्नो प्रदर्शन नरोक्ने बताउँदै आएका छन्। पछिल्लो समय उनीहरूले काठमाडौँ केन्द्रित भएर यस्ता प्रदर्शन गर्दै आइरहेका छन्।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ