+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

राइडसेयरिङमा मनपरी भाडा असुल्ने १०२ राइडरलाई कारबाही

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौँ: काठमाडौँ उपत्यकामा राइडसेयरिङका नाममा यात्रुबाट बढी भाडा असुल गर्ने १०२ जना राइडरलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले दिएको जानकारी अनुसार, यात्रुबाट आएका उजुरीका आधारमा उक्त कारबाही गरिएको हो।

प्रहरी उपरीक्षक गिरीका अनुसार, बढी भाडा असुल गर्ने ६ जना राइडरलाई जनही ५ हजार रुपैयाँ जरिवाना गरिएको छ। यसैगरी, अन्य ९६ जना राइडरलाई ५०० रुपैयाँ वा सोभन्दा माथि जरिवाना गरिएको उनले बताए।पछिल्लो समय काठमाडौँ उपत्यकामा राइडसेयरिङ सेवाको लोकप्रियतासँगै कतिपय राइडरले मनपरी भाडा असुल्ने गरेको गुनासो बढ्दै गएको थियो।

ट्राफिक प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको र यात्रुलाई कुनै पनि राइडरले बढी भाडा मागेमा तत्काल ट्राफिक प्रहरीलाई खबर गर्न आग्रह गरेको छ। यस कारबाहीले राइडसेयरिङ सेवामा पारदर्शिता र नियमन कायम गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ