+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट फर्किइन्: कम्युनिस्ट एकताको चर्चाबारे मौन

अत्रिदेव खबर
२०८२ जेष्ठ १९, सोमबार

काठमाडौं :  १० दिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सोमबार स्वदेश फर्किएकी छिन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै उनले आफ्नो भ्रमण ‘राम्रो भएको’ प्रतिक्रिया दिइन्। यद्यपि, भ्रमणका विस्तृत विवरणबारे भने उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीलाई सोध्न आग्रह गर्दै बाहिरिइन्।

कम्युनिस्ट एकताको चर्चा र एमाले नेतृत्वमा उनको सम्भावित आगमनबारे सोधिएको प्रश्नमा पूर्वराष्ट्रपति भण्डारीले कुनै जवाफ दिइनन्। उनको चीन भ्रमणलाई नेपाली राजनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको थियो। कतिपयले आगामी महाधिवेशनबाट नेकपा एमालेको नेतृत्वमा उनलाई ल्याएर कम्युनिस्ट एकता गराउने चिनियाँ चाहना रहेको अड्कल काटेका थिए।

यद्यपि, भ्रमण टोलीमा रहेका मन्त्री दामोदर भण्डारीले भने पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणलाई कम्युनिस्ट एकताको चर्चासँग जोडेर हेर्न नमिल्ने स्पष्ट पारे। “अहिले त्यो सन्दर्भ यो भ्रमणमा जोड्न हुँदैन,” उनले भने, “त्यसमा पार्टी नेतृत्वले आवश्यक परामर्श गर्ला र निर्णय गर्ला। तर यो भ्रमण सद्भाव भ्रमण मात्रै हो।” उनले भ्रमण दलमा पार्टी र सरकार दुवैको सहभागिता रहेको पनि बताए।

२०८२ जेष्ठ १९, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १९, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ