काठमाडौँ : राजावादीहरुले आज विरोध प्रदर्शन नगर्ने भएका छन् ।
आज जेठ १९ गते, पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको दिन भएकाले आज जुलुस, धर्ना जस्ता अन्य आन्दोलनका कार्यक्रमहरु नगर्ने संयुक्त जनान्दोलन समितिका संयोजक नवराज सुवेदीले जानकारी दिएका छन् । समितिले आज साँझ ६ बजे कमलादी गणेशस्थानमा दिवंगत आत्माहरुको चिर शान्तिका लागि दिप प्रज्ज्वलन कार्यक्रममा गर्ने जानकारी दिएको छ ।
साथै समितिले जनआन्दोलनका कार्यक्रमहरु पछि जानकारी गराउने बताएको छ ।
२०८२ जेष्ठ १९, सोमबार