+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

उपत्यका बन्दको घोषणा: जनआन्दोलन समितिद्वारा सरकारी दमनको विरोध

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौं :  जनआन्दोलन समितिले सरकारी दमनको विरोधमा सोमबार काठमाडौं उपत्यका बन्दको घोषणा गरेको छ। आइतबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले गरेको ‘बर्बर दमन’ र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहितका प्रदर्शनकारीहरूलाई ‘अमानवीय’ रूपमा नियन्त्रणमा लिएको भन्दै समितिले आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएको जनाएको छ।
समितिका संयोजक नवराज सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारको बर्बर दमनको विरोध गर्दै हामी आन्दोलनको स्वरूप परिवर्तन गर्न बाध्य भएका छौँ। यसै क्रममा भोली जेठ १९ गते हामीले उपत्यका बन्दको घोषणा गरेका छौँ।” उनले उपत्यका बन्दको क्रममा आ-आफ्नो टोल र चोकमा बसी सक्रिय भूमिका निर्वाह गर्न आन्दोलनमा सहभागी ‘सहयोद्धाहरू’ लाई आह्वान समेत गरेका छन्।
आइतबारको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको र केही प्रदर्शनकारीहरूलाई पक्राउ गरेको थियो। जनआन्दोलन समितिले पक्राउ परेकाहरूको तत्काल रिहाइको माग गर्दै सरकारी दमनको चर्को निन्दा गरेको छ।
यस बन्दले उपत्यकाको जनजीवनमा कस्तो प्रभाव पार्छ, त्यो सोमबार बिहान मात्र थाहा हुनेछ। जनसाधारणलाई वैकल्पिक मार्ग प्रयोग गर्न र सम्भावित अवरोधका लागि तयार रहन आग्रह गरिएको छ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ