+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कमल थापासहित ८ जना राजावादी नेताहरु पक्राउ

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौँ : राजसंस्था पक्षधरको आजको आन्दोलनमा प्रहरीसँग झडप भएको छ ।

काठमाडौँको नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा तनाव भएको हो । प्रहरीसँगको धकेला धकेलमा केहि राप्रपा कार्यकर्ता घाइते भएका छन् । प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ८ जनालाई पक्राउ गरेको छ । थापाले प्रहरीको घेरा तोड्न धकेला धकेल गरेपछि पक्राउ परेको बताइएको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले पक्राउ गरिएका थापालाई आन्दोलनस्थलमै ल्याएर रिहा गर्न चेतावनी दिएका छन् ।

जान आन्दोलन समितिले प्रदर्शनमा मास्क लगाएर उपस्थित भएका केहि सहभागीले प्रहरीलाई उत्तेजित बनाएको आरोप लगाएका छन् ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ