+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

लुम्बिनीको महायज्ञमा झडप: प्रदेश सांसदका स्वकीय सचिव घाइते, दुई पक्राउ

अत्रिदेव खबर
२०८२ जेष्ठ ११, आईतबार

रूपन्देही : रूपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ जितवापुरमा चलिरहेको महायज्ञमा झडप हुँदा एकजना घाइते भएका छन्। शनिबार राति भएको यस घटनामा लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बानियाका स्वकीय सचिव विक्रम सिंह घाइते भएका हुन्। उनको हात र खुट्टामा चोट लागेको छ र अहिले भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार महायज्ञमा केही युवाले युवतीहरूलाई जिस्काएपछि विवाद बढेको थियो। स्थानीय युवाहरू र वडा नं. ५ मोहसड गाउँबाट आएका युवाहरूबीच राति १२ बजेपछि कुटपिट भएको हो।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रदीप क्षेत्रीले दिएको जानकारी अनुसार, मोहसडबाट आएका केही युवाहरू पछिल्ला दिनहरूमा राति महायज्ञस्थलमा आएर विवाद गर्दै आएका थिए।

घटनापछि इलाका प्रहरी कार्यालय लुम्बिनीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोहसडका २७ वर्षीय कमरउद्दिन मुसलमान र २६ वर्षीय रोशन अली फकिर छन्। उनीहरूको साथबाट गोली नभएको एक थान कटुवा पेस्तोल पनि बरामद भएको छ। उनीहरू अहिले इलाका प्रहरी कार्यालय लुम्बिनीको हिरासतमा छन् र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

लुम्बिनीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक मगराठीले अहिले अवस्था सामान्य रहेको र स्थानीयले दोषीलाई कारबाही गर्न सुझाव दिएको बताए।

२०८२ जेष्ठ ११, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ ११, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ