+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

माछापोखरी बल प्रयोगपछि स्थानीयको विद्रोह : बन्चरेडाँडा जादैगरेका फोहोरका गाडी रोकिए

अत्रिदेव खबर
२०८२ बैशाख १९, शुक्रबार

काठमाडौ : बलपूर्वक तरकारी बजार हटाएपछि स्थानीय आक्रोशित भएका छन्। शुक्रबार बिहानै बालाजु माछापोखरी क्षेत्रमा महानगर प्रहरीको लस्कर उभ्याएर तरकारी व्यवसायीलाई विस्थापित गरिनुका साथै सार्वजनिक यातायात पनि रोकिएको थियो ।
महानगरको यस्तो कार्यशैलीप्रति आक्रोशित स्थानीयवासीले तत्काल प्रतिक्रिया जनाउँदै बन्चरे डाँडातर्फ जाने फोहर बोक्ने गाडी तिनपिप्लेमा रोकेका छन्। महानगरको अराजक रवैयाले जनताको दैनिकीमा सिधा हस्तक्षेप गरिरहेको भन्दै स्थानीयले तीव्र विरोध जनाएका छन्।
व्यवसायीहरू विस्थापित, यातायात अवरुद्ध र अब फोहर संकलनमा पनि अवरोध भएपछि काठमाडौं उपत्यका थप अव्यवस्थित हुने देखिएको छ। ‘लोकतान्त्रिक शासनमा यस्तो एकपक्षीय निर्णय असह्य छ,’ एक स्थानीयले भने, ‘जनताको आवाज सुन्ने कि जबर्जस्ती गर्ने ?’

२०८२ बैशाख १९, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ बैशाख १९, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ