काठमाडौं : नेकपा एमालेको विद्यार्थी भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को जारी अधिवेशनमा सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन समितिले कार्यतालिका सार्वजनिक गरेको छ। बन्द सत्रमा अध्यक्षमण्डलले पदाधिकारीको नाम प्रस्ताव गरेलगत्तै असन्तुष्ट पक्षले नाराबाजी गर्दै निर्वाचन प्रक्रियामा जानुपर्ने माग गरेपछि यो निर्णय गरिएको हो।
प्रमुख निर्वाचन अधिकृत सेवन्तराज निरौलाले नेपालखबरलाई जानकारी दिँदै भने, “निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। आज साँझसम्म उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्ने र भोलि बिहानबाट मतदानको कार्य अघि बढाउने गरी तालिका निकालिएको छ।”
आजको बन्द सत्रमा अध्यक्षमण्डलले सहमतिका लागि भन्दै अध्यक्षमा डा. सुजन कडरिया, उपाध्यक्षमा प्रकाश पौडेल र अन्जना शिवाकोटी, तथा महासचिवमा दीपक धामीको नाम प्रस्ताव गरेको थियो। तर, यस प्रस्तावमा असन्तुष्टि जनाउँदै प्रतिनिधिहरूले नाराबाजी र होहल्ला गरेपछि निर्वाचन प्रक्रिया अनिवार्य भएको हो।
निर्वाचन कार्यतालिका:


२०८२ जेष्ठ २७, मंगलबार