+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ललितपुर महानगरद्वारा अनधिकृत संरचना हटाउन सुरु

अत्रीदेव खबर
२०८२ जेष्ठ २६, सोमबार

ललितपुर : ललितपुर महानगरपालिकाले आजबाट आफ्नो क्षेत्रभित्रका अनधिकृत संरचनाहरू हटाउन सुरु गरेको छ। विशेषगरी मूल सडकको छेउछाउमा निर्माण गरिएका घरहरूमा बनाइएका अनधिकृत पाली लगायतका संरचनाहरू हटाइएको महानगरप्रमुख सीताराम हाछेथुले जानकारी दिएका छन्।

नगरप्रमुख हाछेथुका अनुसार, यो अभियान अब निरन्तर चल्नेछ। आज शंखमूल क्षेत्रमा यस्ता संरचनाहरू हटाउने काम थालिएको छ। भोलिदेखि भने मंगलबजार, पुल्चोक लगायतका अन्य क्षेत्रहरूमा पनि अनधिकृत संरचना हटाउने कामलाई तीव्रता दिइनेछ।

महानगरपालिकाले शहरी सौन्दर्य कायम राख्न र सार्वजनिक स्थानको अतिक्रमण रोक्न यो कदम चालेको बुझिएको छ। यस अभियानले ललितपुरका सडक र सार्वजनिक स्थानहरू थप व्यवस्थित र खुल्ला बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

२०८२ जेष्ठ २६, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २६, सोमबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ