+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

ठुलो संख्यामा नेपाली अमेरिकाबाट डिपोर्ट, चार्टड जहाजले आज काठमाडौँ ल्याउदै

अत्रिदेव खबर
२०८२ जेष्ठ २५, आईतबार

काठमाडौं : अवैधरुपमा अमेरिकामा पुगेका नेपालीलाई आज चार्टड जहाजमार्फत फिर्ता पठाउदैछ ।

परराष्ट्र स्रोतका अनुसार आज करिब ५० नेपालीलाई लिएर अमेरिकी जाहाज अपराहन्न ४ बजे ढाका हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्याइदैछ ।काठमाडौंस्थित अमेरिकी दूतावासले केही दिन अगाडी नै अमेरिकाबाट निष्काशित हुन लागेका नेपालीको बारेमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको थियो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीलाई कारवाही शुरु गरेपछि अवैधरूपमा अमेरिका बस्दै आएका नेपालीहरू पनि निष्कासनमा परेका छन् । यस अघि अमेरिकाले स-सानो संख्यामा नेपालीलाई डिपोर्ट गरिरहेको भएपनि यति ठुलो संख्यामा डिपोर्ट गरेको भने पहिलो पटक हो ।ट्रम्पले दोस्रो कार्यकाल शुरु गरेपछि अमेरिकाबाट अहिलेसम्म करिब १४० नेपाली डिपोर्ट भएका छन् ।

२०८२ जेष्ठ २५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ