+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी नेपालसहित ९ जनाविरुद्ध मुद्धा दायर

अत्रीदेव खबर
२०८२ जेष्ठ २३, शुक्रबार

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालसमेत ९ जनाविरुद्ध गैरकानूनी लाभ तथा हानी एवं गलत प्रतिवेदन तयार गरी गराई भ्रष्टाचार गरेको आरोपपत्र दायर गरेको छ ।

अख्तियारले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-७ स्थित कृष्णा उच्च माध्यमिक विद्यालयको भवन निर्माणका लागि विनियोजित २५ लाख ५० हजार रकममा अनियमितता गरेको आरोपमा शुक्रबार विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।

अख्तियारले आरोप पत्रमा जिल्ला शिक्षा कार्यालयले तयार पारेको लागत इष्टिमेटको आधारमा स्थलगत चेकजाँच गर्दा भवन निर्माण कार्यमा इष्टिमेट अनुसार गुणस्तरको सामग्री प्रयोग नभएको, ढलानको बिम चर्केको र फिनिसिङ नभएको एवं भवन पठनपाठन गर्न अयोग्य रहेको देखिएता पनि उक्त विद्यालयको निर्माण कार्यको जिम्मेवारी बहन नै नगरी विद्यालयको खातामा रोक्का रहेको रकम निकासा गर्न नापी किताब तथा मूल्याङ्कन प्रतिवेदन समेतमा हस्ताक्षर गरी २५ लाख ५० हजार निकासा गरेको, फिल्डमा हुदै नभएको कार्य नापी किताबमा समावेश गरी ४१ लाख २० हजार ४२८ को मूल्याङ्कन प्रतिवेदनलाई सदर गरेको र गुणस्तरहीन कार्य भएको भनी प्राविधिक प्रतिवेदनमा उल्लेख भएको हुँदाहुँदै सो कार्य सुधार नगरी बजेटको अति आवश्यक रहेको देखाई झुट्टा बिल भरपार्इका आधारमा रकम निकासाको लागि सदर गरी २५ लाख ५० हजार आफूहरुलाई लाभ र नेपाल सरकार/सार्वजनिक संस्थालाई गैरकानूनी हानि पुर्‍याउने बदनियतले उक्त कार्य गरेको उल्लेख गरेको छ ।

२०८२ जेष्ठ २३, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २३, शुक्रबार

लेखकको बारेमा

अत्रीदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ