काठमाडौँ :नेपालका लागि संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (युएनडीपी) का आवासीय प्रतिनिधि क्योको योकोसुकाले, काठमाडौँ महानगरपालिकाले आयोजना गरेको सिप मेलाको आफू प्रशंसक रहेको बताएका छन् ।
बिहीबार मेलाको अवलोकनका क्रममा प्रशिक्षार्थीले तयार पारेको बेकरी चाख्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । ‘मेलाले प्रशिक्षण मात्र प्रदान गरेको छैन । यसले रोजगार र स्वरोजगारको सम्भावना पनि देखाउँछ । यो मेलाको सवल पक्ष हो ।’ उनले भनिन्, ‘समय अनुसारका सिप र सिपयुक्त जनशक्तिले रोजगार पाउने ठाउँ, रोजगार दिने व्यक्ति एकै ठाउँमा भेटिने खालको प्रयत्न अनुकरणीय छ ।’
त्यस क्रममा सहरी योजना आयोगका उपाध्यक्ष एवं मेला निर्देशक समितिका संयोजक डा. सुमननरसिंह राजभण्डारीले, सिप प्रदान गर्ने र रोजगार प्रदान गर्ने संघसंस्थाहरुसँग सहकार्य गरेर दिगो नतिजा प्राप्त गर्ने संयन्त्र विकास भइरहेको जानकारी गराए । आवासीय प्रतिनिधिलाई तालिम संयोजक देवेन्द्र के. सी. ले कक्षाहरुका विषयमा स्थलगत जानकारी गराएका थिए ।
त्यस्तै सिप मेलाको पूर्व स्वास्थ्य राज्यमन्त्री एवं डा. तोषिमा कार्कीले काठमाडौँको अभ्यास अन्य पालिकामा पनि विस्तार गर्नु पर्ने बताएकी छन् । सिप मेलाको अवलोकन गर्दै उनले यस्तो प्रतिक्रिया दिएकी हुन् । सिप प्रदान भएपछि व्यक्तिको आय बढ्ने भएकोले यसको लाभ घरघरमा पुग्ने उनको भनाइ थियो । अवलोकनका क्रममा उनले प्रशिक्षक र प्रशिक्षार्थीहरुसँग तालिमका बारेमा जानकारी लिएकी थिइन् । यस्तै होटल म्यानेजमेन्ट पेशाका प्रशिक्षार्थीले तयार पारेको खानेकुरा चाखेर व्यावसायिक सम्भावना रहेको उनले प्बरतिक्तारिया दिइन् ।
२०८२ जेष्ठ २३, शुक्रबार