+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

आज संघीय संसदका दुवै सदन बस्दै, अर्थमन्त्रीले बजेट पेस गर्ने

अत्रिदेव खबर
२०८२ जेष्ठ २१, बुधबार

काठमाडौँ: संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ। यस बैठकमा आगामी आर्थिक वर्षको बजेट र महत्वपूर्ण विधेयकमाथि छलफल हुनेछ।

प्रतिनिधिसभाको बैठक आज दिउँसो १:०० बजे सुरु हुनेछ। उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव वक्तव्यसहित पेस गर्ने कार्यसूची रहेको छ। प्रस्ताव पेस भएपछि त्यसमाथि छलफल हुनेछ। त्यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम छ।

यसैबीच, राष्ट्रियसभाको बैठक पनि आज दिउँसो १:१५ बजे बस्नेछ। यस बैठकमा पनि अर्थमन्त्री पौडेलले राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र त्यसमाथि छलफल सुरु हुनेछ। यी संसदीय बैठकहरू देशको विधायिकी र वित्तीय एजेन्डा अगाडि बढाउनका लागि महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।

 

 

२०८२ जेष्ठ २१, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २१, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ