+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेवा-तामाङ समुदायमा विशेष जोड

माओवादी केन्द्रको काठमाडौं उपत्यका केन्द्रित अभियान सुरु: प्रचण्डले गरे उद्घाटन

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौं : नेकपा (माओवादी केन्द्र) को काठमाडौं उपत्यका केन्द्रित विशेष अभियान आजदेखि शुरु भइसकेको छ। पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चन्द्रगिरी, थानकोटमा अभियानको उद्घाटन गरेका हुन्।

पार्टीले यसअघि सफलतापूर्वक सम्पन्न गरेको हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानपछि यो काठमाडौं उपत्यका अभियान सञ्चालन गर्न लागेको हो। बागमती प्रदेश समितिले जनाएअनुसार, यो अभियान मुख्यतयाः नेवा र तामाङ समुदायमा केन्द्रित हुनेछ।

माओवादी केन्द्रले आफ्नो जनयुद्धको समयदेखि नै जातीय, भाषिक र क्षेत्रीय पहिचानको मुद्दालाई प्रमुखताका साथ उठाउँदै आएको छ। विशेषगरी, नेवा र तामाङलगायतका आदिवासी जनजाति समुदायको आत्मनिर्णयको अधिकार, पहिचान र स्वायत्तताको मागलाई माओवादीले आफ्नो एजेन्डामा समावेश गरेको थियो। जनयुद्धको समयमा यी समुदायका धेरै युवाहरू माओवादी आन्दोलनमा होमिएका थिए। माओवादीले विभिन्न जातीय मुक्ति मोर्चाहरू गठन गरेर उनीहरूका सांस्कृतिक र राजनीतिक अधिकारको पक्षमा वकालत गरेको थियो। संविधान निर्माण प्रक्रियामा पनि माओवादीले पहिचानमा आधारित संघीयताको वकालत गरेको थियो, यद्यपि त्यसले पूर्णता पाउन सकेन।

हालको काठमाडौं केन्द्रित अभियानले नेवा र तामाङ समुदायमा पुनः आफ्नो आधार विस्तार गर्ने र उनीहरूको जनमतलाई पार्टीको पक्षमा ल्याउने रणनीति लिएको देखिन्छ। यस अभियानमार्फत माओवादीले यी समुदायका विशिष्ट समस्याहरू सम्बोधन गर्ने र उनीहरूको जीवनस्तर सुधारका लागि ठोस कार्यक्रमहरू अघि सार्ने अपेक्षा गरिएको छ।यस अभियानले काठमाडौं उपत्यकामा माओवादी केन्द्रको संगठनलाई थप सुदृढ बनाउन र आगामी निर्वाचनहरूमा सकारात्मक प्रभाव पार्न मद्दत गर्ने अनुमान गरिएको छ।

यो अभियानले माओवादी केन्द्रको जनआधार विस्तारमा कतिको सहयोग पुर्‍याउला जस्तो लाग्छ?

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ