+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महानगरका नगर प्रहरी प्रमुख पाण्डे ६ महिनाका लागि निलम्बित

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

काठमाडौं :  काठमाडौं महानगरका नगर प्रहरी प्रमुख एसएसपी राजु पाण्डेलाई ६ महिनाका लागि निलम्बन गरिएको छ ।महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई निलम्बन गरेका हुन् ।

एक साताको समय दिएर प्रमुख प्रशासकीय अधिकृत गुरागाईँले पाण्डेलाई जेठ ६ गते स्पष्टीकरण सोधेका थिए भने पाण्डेले जेठ १२ गते स्पष्टीकरण बुझाएका थिए । गत चैत २१ गते आफू लामो बिदापछि काठमाडौं महानगरपालिका कार्यालय प्रमुखका रुपमा प्रमुख प्रशासकीय अधिकृतका हैसियतले कार्यालयमा जाँदा रोकेको भन्दै गुरागाईँले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए ।गुरागाईँले आफू कार्यालय उपस्थित हुँदा पाण्डेले महानगर प्रहरी बलको अनधिकृत परिचालन गरी अभद्र व्यवहार र गैह-कानूनी हर्कत गरेको भन्दै स्पष्टीकरण मागेका थिए ।

पाण्डेले प्रमुख प्रशासकीय अधिकृतका रुपमा आफूले प्रयोग गर्दै आएको सवारी साधन हवील लक गर्ने आदेश दिइ, ह्विल लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको गुरागाईंको आरोप थियो ।पाण्डेले कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरू समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको, प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय नगरेको आरोप लगाइएको थियो ।

 

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ