+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

चिडियाखानाबाट रेड पाण्डा चोरी गर्न खोज्ने दुई जना पक्राउ

अत्रिदेव खबर
२०८२ जेष्ठ २०, मंगलबार

ललितपुर :  ललितपुर महानगरपालिका-४ जावलाखेलस्थित सदर चिडियाखाना भित्र प्रदर्शनीमा राखिएको दुर्लभ प्रजातीको रेड पाण्डा (हाब्रे) चोरी गर्न खोजेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ स्वयम्भू बस्ने धादिङ घर भएका २१ वर्षीय कृष्ण गुरूङ र भारत विहार वैशाली हाजीपुर थाना ग्राम पटना-३ वागटोल घर भएका २६ वर्षीय मोहमद तफिक रहका छन् । सदर चिडियाखानामा रहेको उक्त रेड पाण्डा गत वैशाख ३० गते राति चोरी गर्न खोजेको घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई काठमाडौं स्वयम्भूबाट पक्राउ गरेको हो ।

उनीहरू उपर चोरी उद्योग कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

२०८२ जेष्ठ २०, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ २०, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ