काठमाडौँ : आज प्रतिनिधिसभाको बैठक बस्दैछ ।
बिहान ११ बजेदेखि बस्ने बैठकमा जेठ १५ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको बजेटमाथि छलफल प्रारम्भ हुने तालिका रहेको छ ।सभामुख देवराज घिमिरेले बजेटमाथिको छलफल तथा अर्थमन्त्री पौडेलले जवाफ दिनका लागि जेठ २०, २१, २२ र २३ गतेका लागि तोकेका छन् ।
प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रसहित विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामाको माग राख्दै संसद अवरोध गरिरहेका छन् । संसदको अवरोध खुलाउने प्रयास भएपनि विपक्षीदलहरु आफ्नो अडानमा कायम रहेका छन् ।
२०८२ जेष्ठ २०, मंगलबार