काठमाडौं : नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ले आज (जेठ १९ गते सोमबार) काठमाडौं उपत्यकामा गर्ने भनिएको बन्द कार्यक्रम फिर्ता लिएको छ।
समितिले दोस्रो विज्ञप्ति जारी गर्दै भनेको छ, “जेठ १८ गते प्रदर्शनको क्रममा हिरासतमा लिइएका हाम्रा सबै साथीहरू रिहा भइसकेको अवस्था मध्यनजर गर्दै जेठ १९ गतेलाई तोकिएको उपत्यका बन्दको कार्यक्रम फिर्ता लिएको जानकारी गराइन्छ।”
२०८२ जेष्ठ १९, सोमबार