+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कलम थापा लगायतका नेताहरुको तत्काल रिहा गर्न लिङदेनको माग

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले पक्राउ गरिएका राप्रपा नेपाल कलम थापा लगायतका नेताहरुको तत्काल रिहा गर्न माग गरेका छन् ।

लिङदेनले कमल थापा लगायत पक्राउ गरिएका नेताहरुलाई तत्काल रिहा गरेर आन्दोलन स्थलमा नल्याएमा भोलीदेखि देशभरबाट आन्दोलनमा होमिने चेतावनी दिएका छन् । उनले गणतन्त्रको नाममा जनता र देशलाई धोका दिइएको भन्दै अब जनता चुप लागेर नबस्ने बताए । आफुहरुले शान्तिपूर्ण रुपमा प्रदर्शन गरिरहेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका छन् ।

आज नक्सालको नारायणचौरमा प्रदर्शन गरिरहेका राजसंस्था पक्षधरको आन्दोलनमा प्रहरीसँग झडप भएको थियो । काठमाडौँको नक्सालस्थित नारायणचौरमा भएको प्रदर्शनमा तनाव भएको थियो । प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापासहित नेताहरुलाई पक्राउ गरेको छ ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ