+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

काठमाडौंको चन्द्रागिरिमा मोटरसाइकल दुर्घटना: एक महिलाको मृत्यु

अत्रिदेव खबर
२०८२ जेष्ठ १८, आईतबार

काठमाडौं : काठमाडौंको चन्द्रागिरि नगरपालिका-४ पानीघाटमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ। दुर्घटनामा नुवाकोटको ककनी गाउँपालिका-१ की ३६ वर्षीया सुनिता बलामीको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय काठमाडौंले जनाएको छ।

मकवानपुरको चित्लाङबाट काठमाडौं आउँदै गरेको प्रदेश ०२–०१ प ८०६८ नम्बरको मोटरसाइकल शनिबार राति पौने ८ बजे दुर्घटनामा परेको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी बलामीको बलम्बुस्थित एपीएफ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक ककनीकै मानबहादुर बलामी पनि घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

२०८२ जेष्ठ १८, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १८, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ