काठमाडौं : नेपाल प्रहरीका ११ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका छन्। गृहमन्त्री रमेश लेखकले जेठ १३ गते यो बढुवाको निर्णय गरेका थिए, जसको जानकारी प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना जारी गर्दै दिएको छ। बढुवासँगै उनीहरूको पदस्थापन पनि गरिएको छ।
नवनियुक्त डीआईजी र उनीहरूको पदस्थापन:
- सुदर्शन प्रसाद कोइराला: विशेष ब्युरोमा पदस्थापन। यसअघि यहाँ कार्यरत डीआईजी सिद्धिविक्रम शाह एआईजीमा बढुवा भएपछि कोइरालालाई यो जिम्मेवारी दिइएको हो।
- विनोद घिमिरे: प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन।
- दिपेन्द्र घर्ती क्षेत्री: राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा पदस्थापन।
- दिपक रेग्मी: अन्वेषण योजना तथा विकास निर्देशनालयमा पदस्थापन।
- माधव प्रसाद श्रेष्ठ: कर्णाली प्रदेश प्रमुखको जिम्मेवारी पाएका छन्। कर्णाली प्रदेश विगत तीन महिनादेखि डीआईजीविहीन थियो।
- दिलिप सिंह देउवा: महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयमा पदस्थापन।
- दिपककुमार बस्नेत: प्रदेश समन्वय विभागमा पदस्थापन।
- ओमबहादुर राना: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन।
- जयराज सापकोटा: कार्य निर्देशनालयमा पदस्थापन।
- संजिव शर्मा दास: अपराध अनुसन्धान निर्देशनालयमा पदस्थापन।
- सुरेन्द्रबहादुर गुरुङ: कार्य विभागमा पदस्थापन भएका छन्। उनको दरबन्दी साइबर ब्युरोमा भए पनि काजमा त्यहाँ खटाउने निर्णय भएको हो।
२०८२ जेष्ठ १६, शुक्रबार