काठमाडौं : काठमाडौं उपत्यकामा यस आइतबार (जेठ १८ गते, २०८२) सार्वजनिक बिदा हुने भएको छ। गृहमन्त्रालयका प्रवक्ता एवं सहसचिव रामचन्द्र तिवारीले मच्छिन्द्रनाथको भोटो देखाउने जात्राका अवसरमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा बिदा दिइएको जानकारी दिएका छन्।
मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा हरेक वर्ष जावलाखेलमा मनाइन्छ र यो जात्राको दिनमा काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने चलन रहँदै आएको छ। वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ जावलाखेल पुर्याइएको चौथो दिन भोटो देखाउने परम्परा रहेको छ। यस वर्षको भोटो जात्रा जुन १ तारिख, आइतबार (जेठ १८) मा परेको छ।
२०८२ जेष्ठ १६, शुक्रबार