काठमाडौं : राष्ट्रियता, राजसंस्था र हिन्दुराष्ट्रको पुनर्स्थापनाको माग गर्दै राजावादी समर्थकहरूले आज पनि काठमाडौंको माइतीघर क्षेत्रमा प्रदर्शन गर्ने भएका छन्। बिहीबार शान्तिवाटिकामा प्रदर्शन गरेका उनीहरूले संघीयता खारेजीको पनि माग गरेका छन्।
अनिश्चितकालीन आन्दोलनमा उत्रिएका राजावादी समूहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राप्रपा नेपाल लगायतका विभिन्न हिन्दुवादी तथा राजावादी संघसंस्थाहरू सक्रिय छन्। यी समूहहरूले नेपालको राजनीतिक प्रणालीमा परिवर्तनको माग गर्दै देशभर प्रदर्शन गर्दै आएका छन्।
२०८२ जेष्ठ १६, शुक्रबार