+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

गणतन्त्रविरुद्ध ‘दुस्साहस’ भइरहेकोमा प्रचण्डको आपत्ति: ‘रक्षाका लागि सबै एक होऔँ’

अत्रिदेव खबर
२०८२ जेष्ठ १५, बिहिबार

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने ‘दुस्साहस’ भइरहेको भन्दै आपत्ति जनाएका छन्। बिहीबार काठमाडौंमा गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले यस्ता प्रयासहरूको प्रतिवाद गर्नुपर्ने आवश्यकता औँल्याए।

‘अहिले गणतन्त्रका विरुद्ध प्रश्न उठाउने एकथरी मानिसले निरर्थक दुस्साहस गरेका छन्,’ प्रचण्डले भने, ‘त्यसको प्रतिवाद गर्ने प्रतिवद्धता पनि आजको आवश्यकता हो।’ उनले गणतन्त्र कुनै एक वर्गको मात्र नभई तमाम सांस्कृतिक कलाकार, पत्रकारलगायत सबै वर्गका मानिसहरूको योगदानको परिणाम भएको धारणा राखे।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि र यसलाई समाजवादतिरको यात्रा अगाडि बढाउन फेरि एक पटक आ-आफ्नो ठाउँबाट एकतावद्ध भएर पहल गर्न जरुरी रहेको उनको भनाइ छ। गणतन्त्र दिवसकै दिन राजावादीहरूले राजधानीमा आन्दोलन गरिरहेका बेला प्रचण्डको यो भनाइले गणतन्त्रका पक्षधर शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेको देखिन्छ।

२०८२ जेष्ठ १५, बिहिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८२ जेष्ठ १५, बिहिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ