चितवन : चितवनको दिव्यनगरमा एक व्यक्तिले आफ्नै छोरी र भतिजालाई खुर्पा प्रहार गरेका छन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी रविन्द्र खनालकाअनुसार भरतपुर महानगरपालिका–२५ का ४५ वर्षीय लिलाराज गिरीले ५ वर्षीय भतिजा सजन र ७ वर्षीया छोरी प्रभा गिरीको घाँटीमा खुर्पा प्रहार गरेपछि आफ्नै घाँटी रेटेका थिए।
उनीहरु तीनै जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।
तीनै जनाको अवस्था गम्भीर रहेको डिएसपी खनालले जानकारी दिए। यसबारेमा थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।
२०८२ जेष्ठ २, शुक्रबार