+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खोलाले बगाउँदा एक जनाको मृत्यु 

अत्रिदेव खबर
२०८१ अषाढ २४, सोमबार

अत्रिदेव खबर / असार २४ : काभ्रेमा खोला तर्ने क्रममा बगाएर एक जनाको मृत्यु भएको छ।

रोशी गाउँपालिका-१ सानो भुक्देउ खोला तर्ने क्रममा सोही वडाका ४५ वर्षीय कमल बिकको मृत्यु भएको हो।

आइतबार साँझ सात बजेतिर श्रीमती छोरीसँगै खोला तर्ने क्रममा उनलाई बगाएको थियो। सोमबार बिहान साढे ८ बजेतिर उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालयको डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए।

‘उनको शव बगेको ठाउँबाट डेढ दुई किलोमिटर तल फेला परेको हो,’ डिएसपी श्रेष्ठले भने, ‘स्थानीयले देखेर खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको हो।’ 

अहिले उनको शव उद्धार गरेर सनाखत गर्ने काम भइरहेको उनले बताए।

२०८१ अषाढ २४, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २४, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ