+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

खोलाले बगाउँदा एकजनाको ज्यान गयो

अत्रिदेव खबर
२०८१ अषाढ २१, शुक्रबार


अत्रीदेव खबर / असार २१ : स्याङ्जामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार बिहान पौने ८ बजे स्याङ्जा पुतलीबजार नगरपालिका-१ वीरेन्द्रनगर बस्ने ७४ वर्षीय तिलबहादुर भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए।

अरगौदी खोला तर्नेक्रममा भुजेललाई बगाएको थियो। 

खोलाले बगाउँदा गम्भीर घाइते भएका उनलाई छोरा होमबहादुरले उद्धार गरी जिल्ला अस्पताल पुर्‍याइएको थियो। 

उनको उपचारको क्रममा मृत्यु भएको हो।

२०८१ अषाढ २१, शुक्रबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ २१, शुक्रबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ