+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भ्रष्टाचारको मुद्दा दायर भएसँगै निलम्बनमा मुख्यसचिव अर्याल

अत्रिदेव खबर
२०८१ अषाढ ९, आईतबार



अत्रीदेव खबर / असार ९ : भ्रष्टाचारको मुद्दा दायर भएसँगै मुख्यसचिव बैकुण्ठ अर्याल निलम्बनमा परेका छन्। 

अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। दायर भएसँगै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार स्वत: निलम्बनमा परेका हुन्। 

कुनै राष्ट्रसेवक थुनामा रहेकोमा अवधिभर र उनीमाथि मुद्दा दायर भएमा त्यस्तो राष्ट्रसेवक सो मुद्दा किनारा नभएसम्म स्वत: निलम्बनमा रहने उल्लेख छ।

यही व्यवस्था अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ दफा १७ मा समेत उल्लेख छ

यसरी निलम्बनमा पर्ने व्यक्तिले कुनै सरकारी कार्यालय वा सार्वजनिक संस्थामा वा नेपाल सरकारलाई कुनै किसिमले प्राप्त ऋण वा अनुदान रकममा व्ययभार पर्ने पदमा कुनै पनि किसिमले नियुक्त भई काम गर्न पाउने छैन।

२०८१ अषाढ ९, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८१ अषाढ ९, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ