+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

डडेल्धुराको गजेलामा पहिलोपटक बल्यो बिजुली

अत्रिदेव खबर
२०७९ श्रावण ३०, सोमबार

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको गजेला गाउँमा पहिलोपटक बिजुली बलेको छ। गाउँपालिकाको वडा नम्बर ५ मा रहेको गजेला गाउँमा बिजुली बलेको हो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले गाउँका ४० परिवारले आजदेखि बिजुली बाल्न पाएको बताए।

‘ट्रान्सफर्मर जडान गरेको र पोल गाढेको ४/५ वर्ष नै भइसकेको थियो, सिडिओ जोशीले भने, ‘उक्त गुनासो आएपछि डडेल्धुरा विद्युतका हाकिमसंग छलफल गरेको थिए। आजदेखि ४० परिवारले बिजुली बाल्न पाएका छन्।’

विद्युत सेवा सुचारु गर्न सोमबार प्रमुख जिल्ला अधिकारी जोशी, जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक डिएसपी मनोहर भट्ट, विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख रामदिनेश यादव, ग्रामिण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराकी कार्यकारी निर्देशक सरस्वती खड्का गजेला पुगेका थिए

नवदुर्गा गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष प्रेमसिंह ऐरले पहिलोपटक बिजुली बलेपछि गजेलावासी खुसी भएको बताए। विद्युत प्राधिकरण डडेल्धुराका प्रमुख यादवले सुदूरआवाजलाई दिएको जानकारीअनुसार जिल्लामा अझै २० प्रतिशत जनसंख्या बिजुलीबाट बञ्चित छ। विद्युत नपुगेका क्षेत्रमा पनि छिट्टै सेवा प्रवाह गर्नका लागि प्रक्रिया अगाडि बढाइसकेको प्रमुख यादवले बताए।

सुदुर आवाज बाट साभार गरिएको

२०७९ श्रावण ३०, सोमबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ श्रावण ३०, सोमबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

ट्रेन्डिङ