+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

भेरी नदीमा खस्यो जिप, दुई जनाको मृत्यु

अत्रिदेव खबर
२०७९ अषाढ ५, आईतबार

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जिप दुर्घटना भएको छ।

दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ। उनीहरू उक्त जिपको चालक तथा सहचालक रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का हुन्।

जिपमा चालक र सहचालक मात्र रहेका थिए।

प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो।

२०७९ अषाढ ५, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ अषाढ ५, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ



ADVERTISEMENT
New Star English Boarding School