+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

‘ककाकिकी’ को प्रदर्शन मिति घोषणा, गाउँघरको स्वाद र व्यंगात्मक कथाको संकेत

अत्रिदेव खबर
२०८३ बैशाख ६, आईतबार

काठमाण्डौ : चर्चित टेलिभिजन शो ‘कमेडी दरबार’ टिमले निर्माण गरेको कथानक फिल्म ‘ककाकिकी’ को प्रदर्शन मिति घोषणा गरिएको छ।

निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्म भदौ १९ गते रिलिज हुने घोषणा गरेको हो।

सार्वजनिक पोस्टरले फिल्म ग्रामीण परिवेश, सामुदायिक जीवनशैली र व्यंगात्मक कथावस्तुमा आधारित रहेको संकेत गर्छ। पोस्टरको केन्द्रमा मुख्य चार कलाकारहरू गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा र महेश त्रिपाठी देखिएका छन्।

महेशले काँधमा झोला बोकेर हातमा अनौठो वस्तु उचालिरहेको दृश्य छ। उनको वरिपरि गाउँका विभिन्न उमेर समूहका पात्रहरू देखाइएका छन्, जसले कथा सामूहिक परिवेशमा अघि बढ्ने अनुमान गर्न सकिन्छ। पोस्टरमा प्रयोग गरिएको माटो रंग, धुलाम्मे पृष्ठभूमि र परम्परागत पहिरनले नेपाली गाउँघरको मौलिक स्वाद झल्काएको छ। साथै पात्रहरूको हाउभाउले फिल्ममा हास्यरससँगै सामाजिक व्यंग्य र मानवीय सम्बन्धका पाटा समेटिएको संकेत दिन्छ।

‘ककाकिकी’ विक्की अग्रवाल र श्रद्धा प्रसाइँले निर्देशन गरेका हुन्। फिल्ममा दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरूङ, रेअर राई, खड्ग बहादुर पुन मगर (खबपु), सुवर्ण थापा, सुभाष गजुरेल, मनोज गजुरेल, एलिसा भोगलगायत कलाकारहरूको पनि अभिनय छ।

माया इन्टरटेनमेन्ट स्टुडियोको प्रस्तुति रहेको फिल्मका निर्माता श्रद्धा प्रसाईं र सुमित्रा थापा हुन्। सुमन अग्रवालको कन्सेप्ट रहेको फिल्मको पटकथा विक्की अग्रवालको हो भने लेखक विक्कीसहित विकास अर्याल र सरोज भण्डारी हुन्।

फिल्ममा सुदीप बरालको डिओपी छ। टाइटल डिजाइन ट्राइडेन्ट कन्सेप्टको हो भने पोस्टर तथा पब्लिसिटी डिजाइनको काम कार्यालयले गरेको हो।

२०८३ बैशाख ६, आईतबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८३ बैशाख ६, आईतबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ



ADVERTISEMENT
New Star English Boarding School