+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कलम बम मेमोरियलद्वारा १०% छात्रवृत्तिका लागी आवेदन खुला

अत्रिदेव खबर
२०८३ बैशाख १६, बुधबार

पहलमानपुर :  घोडाघोडी नगरपालिका–१०, पहलमानपुरस्थित कलम बम मेमोरियल इङ्लिस स्कुलले शैक्षिक सत्र २०८३ का लागि छात्रवृत्ति आवेदन खुला गरेको छ। विद्यालयले प्रचलित शिक्षा ऐन तथा नियमावली बमोजिम कुल विद्यार्थी संख्याको १० प्रतिशतलाई समावेशी आधारमा छात्रवृत्ति प्रदान गर्ने जनाएको छ।

विद्यालयद्वारा जारी सूचनाअनुसार योग्य विद्यार्थीहरूले वैशाख ३० गतेभित्र आवेदन फाराम भर्न सक्नेछन्। छात्रवृत्तिका लागि विपन्न तथा अति न्यून आर्थिक अवस्था भएका, गरिब तथा जेहेन्दार, अपाङ्गता भएका, मेधावी विद्यार्थीका साथै आदिवासी/जनजाति, दलित, टुहुरा बालबालिका र द्वन्द्वपीडित बालबालिका आवेदन दिन योग्य रहने उल्लेख गरिएको छ।

आवेदन दिन इच्छुक विद्यार्थीहरूले निवेदन, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, अघिल्लो कक्षाको ग्रेडसिट, सम्बन्धित निकायको सिफारिस/प्रमाणपत्र तथा आवश्यक परेमा अभिभावकको मृत्यु दर्ता प्रमाणपत्र पेश गर्नुपर्नेछ।

विद्यालयले प्राप्त आवेदनहरूको मूल्यांकनपछि योग्य विद्यार्थीलाई लिखित परीक्षा र अन्तर्वार्तामार्फत अन्तिम छनोट गर्ने जनाएको छ। छात्रवृत्ति सम्बन्धी परीक्षा जेठ २ गते सञ्चालन हुने जनाइएको छ।

विद्यालयका प्रिन्सिपल युब राज बमका अनुसार यस कार्यक्रमले लक्षित समुदायका विद्यार्थीलाई शिक्षामा पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

२०८३ बैशाख १६, बुधबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८३ बैशाख १६, बुधबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ



ADVERTISEMENT
New Star English Boarding School