+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

महोत्तरीमा पनि सिके राउतको पार्टीले जित्यो वडाध्यक्ष

अत्रिदेव खबर
२०७९ जेष्ठ ३, मंगलबार

सिके राउत नेतृत्वको जनमत पार्टीले महोत्तरीमा पनि एउटा वडाध्यक्ष जितेको छ।

 

मनरा शिसवा नगरपालिकाको वडानम्बर ८ मा जनमतका अजयकुमार सिंहले वडाध्यक्ष जितेका हुन्। यो उक्त पार्टीका महासचिव चन्दन सिंहको वडा हो।

यसअघि सिके राउतको गृहजिल्ला सप्तरीमा पनि उक्त पार्टीले दुई वडामा अध्यक्ष जितेको थियो। सप्तरीको हनुमाननगर कंकालिनीको मेयर र उपमेयरमा जनमत पार्टीका उम्मेदवारले अग्रता लिइरहेका छन्।

२०७९ जेष्ठ ३, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ जेष्ठ ३, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ