+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सुदूरपश्चिममा कुन पार्टीले कति स्थानीय तहमा लिए अग्रता (विवरणसहित)

अत्रिदेव खबर
२०७९ बैशाख ३१, शनिबार

सुदूरपश्चिम प्रदेशका ८८ पालिकामा शुक्रबार मतदान सम्पन्न भएकोमा विभिन्न स्थानीय तहमा मतगणना सुरु भएको छ। कतिपय स्थानीय तहमा मतगणना रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएको हो।

प्रदेशका ८८ मध्ये २५ पालिकाको प्रारम्भिक नतिजामा एमालेले अग्रता लिएको छ। एमालेले गणना सुरु भएमध्येका ११ स्थानीय तहका मेयर÷अध्यक्षमा अग्रता लिएको छ। यस्तै काँग्रेसले ९ र माओवादी केन्द्रले ५ पालिकामा अग्रता लिएको छ।

बैतडीको दशरथचन्द, पाटन, मेलौली, कैलालीको बर्दगोरिया, डोटीको बोगटान फुडसिल, जोरायल, बझाङको बिथ्थरचिर, मष्टा, खप्तडछान्ना र अछामको बान्नीगढी जयगढमा एमालेको अग्रता छ।

यस्तै डडेल्धुराको अमरगढी, गन्यापधुरा, बैतडीको सुर्नाया, पुचौडी, शिवनाथ, डोटीको बडिकेदार, कञ्चनपुरको लालझाडी, कैलालीको गोदावरी र कैलारीमा नेपाली काँग्रेसले अग्रता लिएको छ।

२०७९ बैशाख ३१, शनिबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०७९ बैशाख ३१, शनिबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ