+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

घोडाघोडीमा संस्थागत विद्यालय वर्गीकरण : न्यू स्टार  सहित ७ बिधालय उत्कृष्टताको आधारमा ‘ख’ श्रेणीमा

अत्रिदेव खबर
२०८३ बैशाख १५, मंगलबार

सुखड:  घोडाघोडी नगरपालिकाले संस्थागत विद्यालयहरूको गुणस्तर, शैक्षिक अवस्था र पूर्वाधारको आधारमा वर्गीकरण गर्ने निर्णय सार्वजनिक गरेको छ। उक्त निर्णयअनुसार नगरभित्र सञ्चालित निजी (संस्थागत) विद्यालयहरूलाई  ‘ख’,‘ग’ र ‘घ’ श्रेणीमा विभाजन गरिएको छ। कुनैपनी बिधालय  ‘क’ श्रेणीमा परेका छैनन ।

नगरपालिकाले शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि, प्रतिस्पर्धात्मक वातावरण निर्माण तथा अभिभावकलाई विद्यालय छनोटमा सहजता प्रदान गर्ने उद्देश्यले यो वर्गीकरण गरेको जनाएको छ।
सार्वजनिक गरिएको विवरणअनुसार घोडाघोडी नगरपालिका-१ मा अवस्थित  न्यू स्टार इङ्लिस बोर्डिङ्ग स्कुल, सुखड उत्कृष्ट प्रदर्शन गर्दै ‘ख’श्रेणीमा पर्न सफल भएको छ। विद्यालयले शैक्षिक उपलब्धि, भौतिक पूर्वाधार, शिक्षक व्यवस्थापन र समग्र सिकाइ वातावरणमा उच्च मापदण्ड पूरा गरेपछि ‘ख’,श्रेणी प्राप्त गरेको हो।

यसैगरी  न्युस्टार सहित अन्य ६ बिधालयपनी  ‘ख’ श्रेणीमा परेको पालिकाले जनाएको छ । उक्त बिधालयहरुमा घोडाघोडी नगरपालिका-१० पहलमानपुरमा रहेका कलम बम मेमोरियल इङ्ग्लिस स्कुल,पायोनियर  स्कलर्स एकेडमी घोडाघोडी -१ मा रहेका लिटिल एन्जल्स इङ्ग्लिस स्कुल,सप्तश्री माबी ,घोडाघोडी सामुदायिक (जिपिएस) र घोडाघोडी नगरपालिका -४ मा रहेको चिल्ड्रेन गार्डेन इङ्ग्लिस स्कुल रहेको छ ।

त्यस्तै अन्य विद्यालयहरू भने विभिन्न सूचकांकका आधारमा ‘‘ग’ र ‘घ’ श्रेणीमा वर्गीकृत गरिएका छन्। नगरपालिकाका अनुसार विद्यालयको शैक्षिक नतिजा, विद्यार्थी संख्या, शिक्षक–विद्यार्थी अनुपात, भौतिक संरचना, सह–शैक्षिक गतिविधि तथा व्यवस्थापन पक्षलाई मूल्याङ्कनको आधार बनाइएको थियो।

नगरपालिकाले आगामी दिनमा पनि नियमित अनुगमन गरी विद्यालयहरूको स्तर सुधारमा जोड दिने जनाएको छ।कमजोर श्रेणीमा रहेका विद्यालयलाई सुधारका लागि आवश्यक सुझाव तथा सहजीकरण गरिने पनि उल्लेख गरिएको छ।

शिक्षा क्षेत्रमा यस्तो वर्गीकरणले विद्यालयबीच स्वस्थ प्रतिस्पर्धा बढाउने र समग्र शैक्षिक गुणस्तर उकास्न मद्दत पुग्ने विश्वास गरिएको घोडाघोडी नगरपालिका शिक्षा शाखा प्रमुख उप-सचिव खगेन्द्र बहादुर सिंहले जानकारी दिनुभयो ।

२०८३ बैशाख १५, मंगलबार

तपाईलाई यो खबर पढेर कस्तो महसुस भयो ?

प्रतिक्रिया

२०८३ बैशाख १५, मंगलबार

लेखकको बारेमा

अत्रिदेव खबर

अत्रिदेव खबर

जनहितमा जारी १
कलम बम भर्ना

ट्रेन्डिङ



ADVERTISEMENT
New Star English Boarding School